ओली सरकार ढाल्न आफ्नो सांसद पदनै गुमाउन तयार यी २२ सांसदहरु « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

ओली सरकार ढाल्न आफ्नो सांसद पदनै गुमाउन तयार यी २२ सांसदहरु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लगभग गिर्ने संभावना बलियो बन्दै गएको छ । प्रधानमन्त्रीले भोली २२ बैसाखमा विश्वासको मतको लागी संसदको विषेस अधिवेसन बोलाएपछि नेपालको राजनिती थप तर।ल बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध सबै शक्ति एक हुँदा पनि सरकार नढल्ने भएपछि एमालेको समानान्तर गतिविधि गर्दै आएका माधव नेपाल पक्षका २२ सांसदले राजिनामा दिएर प्रतिपक्षलाई बहुमत पुर्याइदिने भएका छन् ।

एमालेको राजनितीमा कुनै सुधार नआए ओली सरकार गिर्ने लगभग पक्का भएको छ । एमाले माधव नेपाल पक्षका दोस्रो तहका नेताले गरेको अथक प्रयास पनि निरर्थक बनेको छ ।

अहिले माधव नेपाल, भिम रावल र अष्टलक्ष्मी शाक्य कुनैपनि हालतमा मिल्न नहुने अडानले दास्रो तहका नेताहरुको राजनितीक भविष्यसमेत अन्यौल भएको छ । प्रधानमन्त्रीमाथी आफ्नै पार्टीका माधव नेपाल पक्षका प्रतक्ष निर्वाचित २२ सांसदमध्ये २० सांसदले राजिनामा गरेर प्रतिपक्षलाई सरकार गठनको लागी मार्ग प्रशस्त गरिदिने भएपछि नयाँ सरकारको आकलन सुरु भएको छ ।

सर्वोच्च अदालतले नेकपा एकतालाई भंग गर्दै एमाले र माओवादी विउँताइदिएपछि एमालेमा ओलीले एकलौटी निर्णय गरेको भन्दै माधव नेपाल पक्ष समानान्तर गतिविधि गर्दै आएका थिए । माधव नेपाल पक्षले २०७५ जेठ २ मा निर्वाचित एमाले पदाधीकारी विउँतिनुपर्ने अन्तिम बटमलाइनमा ओलीपक्ष सहमत नहुँदा सरकारनै धर्रमराएको छ ।

आफ्नै सरकार ढाल्न एमालेका यी २२ सांसद तयार भएका छन । २२ मध्ये २० जना सांसदको राजिनामा पत्रमा हस्ताक्षर गराएर माधव नेपाल बसेका छन् । हिजो शनिबार २४ घण्टे अल्टिमेटम आज साँझ पुरा हुँदैछ । आजै सांझ वा भोली विहानसम्म माधव नेपाल पक्षका २० जना सांसदको राजिनामा आउनेछ ।

एमालेका २० भाइको राजिनामा पनि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादवपक्ष मिल्दा बहुमतीय सरकार बन्ने छ । सो गठबन्धनबाट कांग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय भएको छ ।

एमालेमा राजिनामा दिन तयारी प्रतक्ष निर्वाचित यी २२ सांसदहरु :
१. झलनाथ खनाल, इलाम १, २. माधवकुमार नेपाल, काठमाडौं २, ३. योगेश भट्टराई, ताप्लेजुङ, ४. जयकुमार राई, सुनसरी १, ५. भवानी खापुङ, तेह्रथुम, ६. यज्ञराज सुनुवार, ओखलढुंगा, ७. गणेश पहाडी, सिन्धुली १, ८. पवित्रा निरौला खरेल, झापा २, ९. जीवनराम श्रेष्ठ, काठमाडौं ८, १०.नारायण खतिवडा, नुवाकोट २, ११. विरोध खतिवडा, मकवानपुर २, १२. सुरेन्द्र पाण्डे, चितवन १, १३. घनश्याम भुसाल, रुपन्देही ३, १४. गोकर्ण विष्ट, गुल्मी १, १५. मेटमणी चौधरी, दाङ १, १६. हिराचन्द्र केसी, दाङ ३, १७.दिपकप्रकाश भट्ट, कञ्चनपुर ३, १८. राजवहादुर बुढा, दैलेख २, १९. झपट रावल, कैलाली २, २०. भीम रावल, अछाम १, २१ . कृष्णलाल महर्जन, ललितपुर २, २२. सोमप्रसाद पाण्डे, पाल्पा २


प्रतिक्रिया दिनुहोस्