माधव नेपालले साथ नदिएपनि महन्थ ठाकुर अझै ओलीकै पक्षमा, नेपाल पक्षबाटै विग्रह सुरु « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

माधव नेपालले साथ नदिएपनि महन्थ ठाकुर अझै ओलीकै पक्षमा, नेपाल पक्षबाटै विग्रह सुरु



काठमाडौं । आइतबार बिहान कांग्रेस सभापती शेरबहादुर देउवालाई भेट्न राजपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो पुगेका थिए । धेरैले प्रधानमन्त्री केपी शर्मा ओली विरोधी गठबन्धन सफल बन्ने आंकलन गरेका थिए । तर राजनितीक कोर्ष फरक बाटोमा मोडिएको छ ।

राजपाका अध्यक्ष ठाकुर र महतोले उल्टै देउवालाई उपेन्द्र यादवको कुरा सुनेर निर्णय नलिन सुझाएर फर्किएका छन । ठाकुर र महतोले अपिहलेको परिस्थीतीमा अर्को सरकार बन्ने अवस्था नरहेको भन्दै आफुहरु ओली सरकार ढाल्ने पक्षमा नरहेको प्रष्ट सन्देश दिएर फर्किएका छन ।

उनिहरुले कांग्रेस सभापती देउवालाई अविश्वासको प्रश्तावमा पक्ष वा पिवक्षमा आफुहरुले मतदान नगर्ने सन्देश दिएका छन् । जसपाका नेताद्वयले सरकारले आफ्नो माग पुरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने बताएको छ ।

विश्वासको मतमा राजपा तथस्थ बस्ने तर उपेन्द्र यादवको भर नपर्न भनेका छन । उनिहरुले आफुहरुले उठाएका माग पुरा गरे वर्तमान सरकारलाईनै समर्थन गर्न तयार रहेको बताएका छन । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका माधव नेपाल पक्षका सांसदहरुले सामुहिक राजिनामा दिएर विपक्षी गठवन्धनको सरकार बनाउन सहयोग पुर्याउने बताइरहेका छन ।

उता माधव नेपाल पक्षबाट पनि राजिनामा दिन नहुने चर्को आवाज उठिरहेको छ । दाङ क्षेत्र नंं ३ बाट निर्वाचित सांसद हिराचन्द्र केसीले माधव नेपाल पक्षबाट राजिनामा गर्न दवाव आएको तर आफु नदिने पक्षमा रहेको बताइसकेका छन ।


प्रतिक्रिया दिनुहोस्