सोमबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

सोमबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



कठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला २ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुन संगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

हिजो सुन तोलामा १०० रुपैयाँले बढ्दा प्रतितोला ९१ हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो ।त्यसैगरी आइतबार चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्