कोरोना बढेपछि बीमा कम्पनीको शाखा बन्द गर्दै बीमा समिति, हेड अफिसले मात्र पास पाउने, बैंकिङ सेवा के हुन्छ ?

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कोरोना महामारी बढेको भन्दै बीमा कम्पनीको शाखा कार्यालय बन्द गर्ने जनाएको छ ।
स्थानिय प्रशासनले लकडाउन कडा बनाउँदै गरेको अवस्थामा प्रशासनको आदेशमै शाखा कार्यालयहरु बन्द गर्न लागिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘समितिले अत्यआवश्यक बाहेकका बीमा कम्पनीका शाखा बन्द गर्न भनेका छौं, ‘सकेसम्म अनलाइनबाट सेवा दिन प्रेरित गरेका छौं, बीमा समितिका अध्यक्ष सुर्यप्रसाद शिलवालले भने । अध्यक्ष शिलवालले सेवाग्राहीलाई बीमा कम्पनीमा नआउन र सकेसम्म अनलाइनबाटै सेवा लिन आग्रह गरिएको बताए ।
म्याद नाघेको बीमाको जरिवाना नलाग्ने बीमा समितिले भनिसकेको अवस्थामा शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको हो । अत्यआवश्यक पर्ने शाखाहरु भने पास बहाक कर्मचारीले खोल्न सक्नेछन ।
बीमा समितिले १ साता अघि बाँढेको पास समेत रद्द गरेको छ । अव केन्द्रीय कार्यालयका कर्मचारीलाई मात्रै सिमित पासको व्यवस्था गरेर बीमा सूचारु गर्ने तयारीमा समिति लागेको छ ।
स्थानिय प्रशासनले कोरोना नियन्त्रणभन्दा बाहिर गएको भन्दै उपत्यका यही जेठ १३ गतेसम्म निषेधाज्ञाको घोषणा गरिसकेको छ ।
उता नेपाल राष्ट्र बैंकले बैंकका शाखाहरु २५ प्रतिसत कर्मचारी राखेर संचालन गर्नु भनेको छ । सोही अनुसार बैंक वित्तिय सेवा संचालन भैरहेको छ । तर कोरोनाको महामारी बढेसंगै राष्ट्र बैंकले सिमित शाखा संचालन गर्न अनुमति दिने संभावना बढेको छ ।