सर्वदलिय बैठक सम्पन्न, प्रधानमन्त्री र राष्ट्रपती जिरुद्ध १४९ सांसद सर्वोच्च जाने

काठमाडौं । सरकारले संसद विघटन गरेपछि विपक्षी दलका १४९ सांसदहरु सर्वोच्च अदालत जाने भएका छन ।
राष्ट्रपती र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन गरिइएको र संविधानको उल्घंन भएको भन्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन ।
शनिबार संसद भवन बानेश्वरमा बसेको बैठकले १४९ जना सांसदहरुको नागरिकतासहित सर्वोच्च जाने निर्णय भएको छ । सरकारले संविधानको धारा ७६ को उपधार ५ बमोजिम सरकार नबनेपछि संसद विघटनको सिफारिस गरेको थियो ।
बैठकमा कांग्रेस सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका बरिष्ठ नेता माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका थिए । गठबन्धनले शुक्रबारनै कांग्रेस सभापती देउवालाई प्रधानमन्त्रीकोलाई सिफारिस गरेको थियो ।