राजश्व सचिव पुष्कर कसरी परे माओवादीकाे राेजाईमा ? « Arthapath.com
११ भाद्र २०७८, शुक्रबार

राजश्व सचिव पुष्कर कसरी परे माओवादीकाे राेजाईमा ?



काठमाडाैं । कुनैबेला माओवादी भनेपछि देख्नै नसक्ने व्यक्ति कसरी माओवादीकै भक्त बने भन्ने आश्चर्यकाे विषय हाे । सरकारले सहसचिव रहेका कृष्णहरी पुष्करलाई सचिवमा बढुवा मात्र गरेन सिधै राजश्व सचिवमा पाेष्टिङ गरेकाे छ ।

संयाेग नै मान्नुपर्छ कुनैबेला माओवादीकाे खेदाे खन्ने पुश्कर अहिले माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएकाे बेला पुरस्कार पाएका छन । तत्कालिन अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका प्ररमुख आयुक्त रहेका लाेकमानसिंह कार्कीलाई महाअभियाेग लगाउने मुख्य नेतृत्वकर्ता धिए वर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर ।

उनै कार्कीका सल्लाहकार रहेका पुष्कर एकाएक कसरी क्रान्तिकारी भए भन्ने धेरै माओवादी कार्यकर्तालाई थाहा छैन । कुनैबेला चिकेत्सा शिक्षाकाे सुधारकाे माग राख्दै आन्दाेलन गरेर अनशन बसिरहने गाेविन्द केसीलाई समेत हाच्याएर गाली गलाैज गर्ने उनै पुष्करलाई सरकारले राजश्वसचिवकाे जिम्मेवारी दिएकाे छ ।

माओवादी अध्यक्ष प्रचण्डकाे दवावमा अर्थमन्त्री शर्माले पुष्करलाई सचिव बढुवा हुनेवित्तकै मालदार ठाउँमा पुर्याएका हुन । सरकारले यसअघिनै प्रचण्डनिकट मधुकुमार मरासैनिलाई अर्थ सचिवकाे जिम्मेवारी दिएकाे थियाे ।

बिहीबार बसेकाे मन्त्रीपरिषद बैठकले पुष्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे थियाे । उनि यसअघि प्रधानमन्त्री कार्यलयमा सहसचिवकाे भुमिकामा थिए । पुष्कर बैदेशिक राेजगार विभाग, उद्याेग मन्त्रालयलगायतमा काम गरिसकेका व्यक्ति हुन ।


प्रतिक्रिया दिनुहोस्