अवैध रुपमा भारत लैजाँदै गरेको हरियो केराउ बरामद

काठमाडौँ । अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्य बराबरको२ सय २५ क्विन्टल हरियो केराउ बुधवार प्रहरीले बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगरचन्द्रौटास्थित सडक हुँदै ६ वटा ट्रकमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगर र बोडर आउट पोस्ट कृष्णनगरबाटखटिएको प्रहरीले ट्रक सहित बरामद गरेको हो ।
बरामद ट्रक तथा हरियो केराउ आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।