एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ असार २०८३, बिहिबार

एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ। आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ ।

मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको बुधबार तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्