निरन्तर ओरालो लाग्दै नेप्से, मंगलबार परिसूचक ७० अंकले घटेर २६१५.४० मा आइपुग्यो « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

निरन्तर ओरालो लाग्दै नेप्से, मंगलबार परिसूचक ७० अंकले घटेर २६१५.४० मा आइपुग्यो



काठमाडौं । केही दिन यता निरन्तर रूपमा घटेको शेयर बजार मङ्गलवार पनि ओरालो लागेको छ । आज शेयर बजार ७० अंकले घटेर सबै समूह राताम्मे भएको हो । बजारमा तरलता अभाव भएकोले त्यसको प्रभाव नेप्सेमा परेको विश्लेषकहरू बताउँछन् । केही दिन अघि बजेट होलिडे हुँदा पनि बजारमा त्यसको प्रभाव परिरहेको छ । बजेट कार्यान्वयनमा आउन थाले पनि होलिडेको असर परेको बजार विश्लेषकहरूको तर्क रहेको छ ।

सोमबार ७३.०५ अंकले घटेको बजार आज ७० अंकले आरालो लागेको छ । नेप्सेसङै नेप्से कारोबार मापक परिसूचक घटेर २६१५.४० अंकमा पुगेर बजार बन्द भएको छ । हिजो परिसूचक  २६८५.४१ अंकमा रहेको थियो ।आज २ सय १८ कम्पनीको १३ करोड ३४ लाख ८ सय २८ कित्ता शेयर ७५ हजार ३ सय ७४ पटक किनबेच हुँदा ५ अर्ब ७४ करोड ४५ बराबरको कारोबार भएको छ ।


आज सबै समूह राताम्मे भएको छ । सबैभन्दा बढी जीवन बिमा समूह ४३१, निर्जीवन बिमा समूह ३ सय २५,हाइड्रोपावर १३८,विकास बैङ्क १५४,फाइनान्स १७५,माईक्रोफाइनान्स १११, उत्पादन ८९,व्यापार ७९ अंकले ओरालो लागेको छ ।

धेरै समूह भारी अंकले घटे पनि मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मागे बैङ्क लगायतका केही कम्पनीहरूको शेयर मूल्य उकालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्