कर्जाकाे ब्याजदर एकल अंकमै हुन्छ : अर्थमन्त्री शर्मा « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

कर्जाकाे ब्याजदर एकल अंकमै हुन्छ : अर्थमन्त्री शर्मा



काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूले एकल अंकमै कर्जा दिनुपर्ने बताएका छन् । शुक्रबार एक कार्यक्रममा बाेल्दै अर्थमन्त्री शर्माले बैकले दिने कर्जाकाे ब्याजदर एकल अंकमै राख्न राष्ट्र बैंकलाई शुझाव दिएकाे बताए ।

अहिले बैंकहरूले दुई अंकमा कर्जा दिइरहेका छन् । नेपाल उद्याेग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरूले ब्याजदर बढाएकाले व्यावसायीक वातावरण नबनेकाे बताए । साे प्रश्नकाे जवाफमा अर्थमन्त्री शर्माले ब्याजदर एकल अंकमा राख्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएकाे बताए ।

‘मैले निर्देशन दिएँ त भन्न मिल्दैन, राष्ट्र बैंकलाई एकल अंकमा व्याजदर कायम गर्न भनेकाे छु ।’ बैंकले उद्याेगीलाइ दिने कर्जाकाे ब्याजदर एकल अंकमै रहने बताए ।

अर्थमन्त्री शर्माले नेपाल अार्मी, नेपाल प्रहरीले प्रयाेग गर्ने जुत्ता श्वदेशीनै हुनुपर्ने बताए । सरकारी तहबाट टेण्डरमार्फत खरिद हुने जुत्ता नेपालमै बनेकाे हुनुपर्ने गरी मातहतका निकायमा निर्देशन दिने बताए ।

अर्काे प्रसंगमा मन्त्री शर्माले अहिले ५ सय मेगावाट विद्युत निर्यात गर्ने अवश्थामा सरकार रहेकाे बताए । मन्त्री शर्माले सबै नेपालीले घरघरमा विद्युतिय चुलाे प्रयाेग गरेर अायातित ग्यास प्रतिस्थापन गर्न अाग्रह गरे । फुटवेयर म्यानुफ्यक्चर्स एसाेसियसन अफ नेपालकाे २० अाैं साधारणसभामा अर्थमन्त्रीले साे कुरा बताएका हुन ।


प्रतिक्रिया दिनुहोस्