एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा



काठमाडौं । नेपालको प्रतिष्ठीत व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रालिको शक्तिशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाण्डौमा भब्य कार्यक्रम बिच सहयात्राको २० औं वर्ष मनाएको हो ।

उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालि.का १५० जना भन्दा बढि कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रालि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदि को उपस्थीति रहेको थियो । २ दिन सम्म चलेको उक्त कार्यक्रममा एमभि दुगड् ग्रुपका अध्यक्ष मोतीलाल दुगड्ले जोन डीयर संगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको र शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताए । उपाध्यक्ष विवेक दुगड्ले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर फैलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताए ।

जोन डीयर इण्डीया प्रालि का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठीत र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभि दुगड् ग्रुप संगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताए । उक्त कार्यक्रममा एमभि दुगड् ग्रुपमा लामो समय देखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ठ कर्मचारीहरुलाई पनि अवार्ड वितरण गरि हौसला प्रदान गरिएको थियो ।काठमाडौं । नेपालको प्रतिष्ठीत व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रालिको शक्तिशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाण्डौमा भब्य कार्यक्रम बिच सहयात्राको २० औं वर्ष मनाएको हो ।उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालि.का १५० जना भन्दा बढि कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रालि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदि को उपस्थीति रहेको थियो । २ दिन सम्म चलेको उक्त कार्यक्रममा एमभि दुगड् ग्रुपका अध्यक्ष मोतीलाल दुगड्ले जोन डीयर संगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको र शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताए । उपाध्यक्ष विवेक दुगड्ले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर फैलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताए ।

जोन डीयर इण्डीया प्रालि का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठीत र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभि दुगड् ग्रुप संगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताए । उक्त कार्यक्रममा एमभि दुगड् ग्रुपमा लामो समय देखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ठ कर्मचारीहरुलाई पनि अवार्ड वितरण गरि हौसला प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्