सुन तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैंछ कारोबार ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुन तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा २० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्