सुन तोलामा ९ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।