सोमबार सुनचाँदीको मूल्य ओरालो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन तोलामा २ सय रुपैयाँले ओरो लागेको हो भने चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।