विश्वप्रसिद्ध बेकरी ब्रान्ड ‘सिन्नाबोन’ अब नेपाली बजारमा « Arthapath.com
२९ असार २०८२, आईतबार

विश्वप्रसिद्ध बेकरी ब्रान्ड ‘सिन्नाबोन’ अब नेपाली बजारमा



काठमाडाैं । विश्वभर आफ्नो विशेष स्वादका लागि परिचित अमेरिकी बेकरी ब्रान्ड सिन्नाबोन अब नेपाली ग्राहकहरूका लागि पनि उपलब्ध भएको छ। सिनामन रोलका लागि प्रसिद्ध यो ब्रान्डले ललितपुरको सानेपाबाट आफ्नो पहिलो स्टोर संचालनमा ल्याएको छ।

सन् १९८५ मा अमेरिका बाट सुरु भएको सिन्नाबोनले हालसम्म ५० भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति जमाइसकेको छ। नेपालमा यसको आगमन जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजसँगको साझेदारीमा भएको हो, जसले ब्रान्डको गुणस्तरीय सेवा र उत्पादनलाई नेपाली बजारमा भित्र्याउने जिम्मा लिएको छ।

सानेपास्थित नयाँ स्टोरमा ग्राहकहरूले क्लासिक सिनामन रोलदेखि लिएर मिनीबोन, प्रिमियम कफी र अन्य पेय पदार्थहरू उपभोग गर्न सक्नेछन्। स्टोरलाई आधुनिक डिजाइन, न्यानो स्वागत वातावरण र ताजगीपूर्ण सेवा अनुभव दिने हिसाबले तयार गरिएको छ।

नेपालमा बेकरीप्रेमी उपभोक्ताहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै, सिन्नाबोनले यहाँ दीर्घकालीन योजना सहित सेवा सुरु गरेको जनाएको छ। ब्रान्डको उद्देश्य स्वाद र गुणस्तरमा कुनै सम्झौता नगरी, अन्तर्राष्ट्रिय स्तरको अनुभव नेपाली बजारमा पुर्‍याउनु रहेको छ।


प्रतिक्रिया दिनुहोस्