एनसेलले पायो फास्ट मोवाईल नेटवर्कको अवार्ड « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

एनसेलले पायो फास्ट मोवाईल नेटवर्कको अवार्ड



काठमडौं । एनसेलले नेपालको सबैभन्दा फास्ट मोवाइल नेटवर्कको अवार्ड प्राप्त गरेको छ । मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेल आजियाटालाई २०२२ जनवरी–जुनको लागि अवार्ड प्रदान गरेको हो । कम्पनीले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको बताएको छ । नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबिपिएस र अपलोडमा ९.२६ एमबिपिएस गतिका साथ कुल १७.१६ स्पिड स्कोर प्राप्त गरेको थियो ।

यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निक्र्योल गरिएको जनाइएको छ । ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आइओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९२९ स्पिडटेस्टलाई तुलना गरेको थियो। परीक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएको डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परीक्षणहरू समावेस रहेको ऊक्लाले जनाउएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले अवार्ड पाउनुलाई प्रतिबद्धता बमोजिम सेवा प्रदान गरिरहेको प्रमाणका रूपमा लिएको बताए।

’फास्टेस्ट मोबाइल नेटवर्कको मान्यता प्रदान गरेकोमा हामी निकै हषिर्त छौं’ उनले भने, ’यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौं भन्ने प्रमाण हो ।’ ऊक्लाका प्रमुख कार्यकारी अधिकृत डग सटल्सले एनसेललाई नेपालको ’फास्टेस्ट मोबाइल नेटवर्क अवार्ड’ प्रदान गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, ’ऊक्लाद्वारा प्रदान गरिने स्पीडटेस्ट अवार्डहरू विश्वका सबैभन्दा फास्ट र शीर्ष प्रदर्शन गर्ने फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल सेवा प्रदायकहरूलाई प्रदान गरिने विशिष्ट सम्मानहरू हुन्। यो अवार्ड एनसेलले जनवरी–जुन २०२२ को अवधिमा गरेको उत्कृष्ट प्रस्तुतिको प्रमाण हो र यो अवार्ड उपभोक्ताहरू आफैँले गरेका स्पिडटेस्ट र ऊक्लाको कठोर विश्लेषणमा आधारित छ।’

देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै एनसेलले जुन २०१७ बाट सञ्चालन ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको जनाएको छ। यसै वर्ष मार्चमा एनसेल ’एसियन टेलिकम अवार्ड २०२२’ को ’टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ’इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो । अप्रिलमा काठमाडौंमा आयोजित १४औं एचआर मिट सम्मेलनमा एनसेल ’एक्सिलेन् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट समेत सम्मानित भएको कम्पनीले बताएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्