साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन हानको माग « Arthapath.com
३१ आश्विन २०७९, सोमबार

साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन हानको माग



काठमाडौं । बैंकको साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन होटल एसोसियसन अफ नेपाल (हान) ले आग्रह गरेको छ ।

हानले साँवा व्याज भुक्तानीको समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गरेको हो ।


आइतबार प्रेस विज्ञप्ती निकाल्दै आगामी दिनमा होटल उद्योगहरू बैंकको साँवा र व्याज बुझाउन नसकेर क्रमिक रूपमा बन्द गरिनुपर्ने बाध्यता बन्दै जाने भएकाले भुक्तानीको समयसीमा बढाउन माग गरेको छ ।


पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको साँवा व्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेका छन्। यसै किसिमको अवस्था देशका अन्य भागमा रहेको होटल व्यवसायीहरूले पनि भोग्नु परेकोले भुक्तानीको समयसीमा बढाउन माग गरिएको संघले जनाएको छ ।


कोरोनाले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रूपमा घाटामा सञ्चालनमा रहेको छ ।
सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पु¥याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन सकेको छैन ।


त्यस्तै विज्ञप्तीमा बैंकहरूबाट लागू गरिएको हालको बढ्दो ब्याजदर होटल उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनु पर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्