नेपाल टेलिकमले ल्यायो, ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड’ प्याकेज « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

नेपाल टेलिकमले ल्यायो, ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड’ प्याकेज



काठमाडौं । नेपाल टेलिकमले चैत ३ (आज) देखि लागू हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि मात्र यो अफर उपलब्ध हुनेछ । रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न मिल्ने र अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत रहेको छ ।

साथै, प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र उक्त ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ८द्द८द्द३ डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

उक्त, अफरबाट ग्राहकहरुले लाभ लिनेछने भन्ने अपेक्षा कम्पनीले गरेको छ।


प्रतिक्रिया दिनुहोस्