सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, चाँदीको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार (चैत ३० गते) छापावला सुनको मूल्य १ लाख १० हजार ८ सयमा कारोेबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोेबार भएको छ । अघिल्लो कारोबारको दिन १ लाख १० हजार २ सय ५० रुपैयाँमा रहेको थियो ।
साथै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।