एकै दिनमा १२ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।
बिहीबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (बुधबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा खरिद भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कायम रहेको छ । बुधबार तेजावी सुनको मूल्य १ लाख १० हजार ५० सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै,आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।