सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

आइतबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (बिहीबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम रहेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम रहेको छ । बिहीबार तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै,आज चाँदीको मूल्य स्थिर रहेको छ । आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्