बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (सोमबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैया कायम रहेको छ । सोमबार तेजावी सुनको मूल्य १ लाख १० हजार ३५० सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।