किन्ने होइन त सुन ? फेरि घट्यो मूल्य

काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको भाउ सस्तिएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन १ लाख १० हजार रुपैयाँमा किनबेच भएको सुन आज फेरि घटेर १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, आजका लागि चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबारका लागि चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।