सुनको मूल्य स्थिर, चाँदीको घट्यो कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको द्रोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन (आइतबार) सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयामा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्