सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य



काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

आज (बुधबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ अघिल्लो दिन छापावला सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्