आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । आइतबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । शुक्रबार भने १ लाख ११ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको छ । चाँदी आइतबार प्रतितोला २० रुपैयाँले वृद्धि भएको हो ।


प्रतिक्रिया दिनुहोस्