सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

आज बिहीबार छापावला सुनको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबार छापावला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा खरिद भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ खरिद भएको छ। अघिल्लो दिन १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्