सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । आज (मंगलबार) छापावला सुनको मूल्य एक लाख दश हजार चार सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन छापावला सुन प्रतितोला एक लाख दश हजार रुपैयाँ कायम रहेको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख नौ हजार ८५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ कायम रहेको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ खरिद भएको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।