आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज पनि आइतबार कायम मूल्यकै आधारमा सुनचाँदीको खरिदबिक्री हुने भएको हो ।
आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य निर्धारण भई किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ पनि १ लाख १० हजार ७५० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज पनि चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।