तीन दिनदेखि सुनचाँदीको मूल्य एउटै कायम, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

तीन दिनदेखि सुनचाँदीको मूल्य एउटै कायम, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको भाउ तीन दिनदेखि एउटै कायम भएको छ । मंगलबार पनि छापावाला सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । जवकि अघिल्लो दिन पनि सोही मूल्य निर्धारण भई कारोबार भएको थियो । महासंघले तेजावी सुनको भाउ भने १ लाख १० हजार ७५० रुपैयाँ कायम तोकेको छ।

यस्तै, चाँदीको मूल्य पनि १ हजार ३९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्