विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६२ पैसा तोकिएको छ । मंगलबारका लागि यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि युके पाउन्ड स्ट्रेलिङ्ग एकको खरिददर १७१ रुपैयाँ २५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३ पैसा कायम भएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८७ पैसा र बिक्री ९० रुपैयाँ २८ पैसा, क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय रुपैयाँ ८ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३० पैसा र जापानिज येन १० को ९ खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा तोकिएको छ ।
त्यसैगरि आज साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा, कतार रियाल १ को खरिददर ३५ रुपैइाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा, मेलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ६८ पैसा र युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ।