सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ करोबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ करोबार ?



काठमाडौं । सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । साताको दोस्रो कारोबार दिन सुनचाँदीको मूल्य यथावत राखिएको हो ।

आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १२ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज पनि सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । अघिल्लो दिन प्रतितोला १ हजार ४८० रुपैयाँ किनबेच भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्