अव विदेश घुम्न जानेले पाउने भए धेरै डलर, तर हटेन ‘दुई पटक’को सीमा « Arthapath.com
७ श्रावण २०८०, आईतवार

अव विदेश घुम्न जानेले पाउने भए धेरै डलर, तर हटेन ‘दुई पटक’को सीमा



काठमाडौं । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत् भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् १५०० अमेरिकी डलरसम्म सटही सुविधा उपलव्ध गराउँदै आएको थियो । अब त्यसलाई बढाएर २५०० डलर पुर्याएको छ । अब भिजिट भिसामा विदेश जानेले बढीमा २५०० डलर नगद नै साटेर लान पाउने छन् ।

तर एक वर्षमा जम्मा दुई पटकमात्रै डलर साट्ने सुविधा पाइने छ । सबैभन्दा पहिले डलर सटही गरेको मितिले एक वर्ष नपुग्दै दुई पटकभन्दा बढी सटही गर्न नपाइने प्रावधान भने कायमै राखिएको छ । तथापि, यथोचित कारण देखाएर सटही सुविधा लिन सकिन्छ । तर यसले नेपालीहरु वर्षमा २ पटकभन्दा बढी विदेश भ्रमणमा नजाउन् भन्ने आशय राखेको छ । यो पुरानै व्यवस्था हो ।

हवाई सेवा प्रदायक अर्थात् हेलिकप्टर र हवाइजहाज सञ्चालन गर्ने कम्पनीहरुर्ले विभिन्न सेवा शुल्कको भुक्तानी गर्न १ लाख अमेरिकी डलरसम्मको सटही सुविधा बाणिज्य बैंकहरुबाटै पाउने भएका छन् । नियामक निकायको स्वीकृति÷सिफारिस र तोकिएका कागजातको आधारमा अमेरिकी डलर वा अन्य परिवत्र्य विदेशी मुद्रा (१ लाख डलर बराबरको) साट्न पाउने भएका हुन् ।

तर राष्ट्र बैंकले विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रामा भुक्तानी गर्नेै सुविधालाई भने हटाएको छ । यसअघि कोभिड–१९ को कारण देखाउँदै यस्तो सुविधा राष्ट्र बैंकले दिएको थियो । तर यस व्यवस्थाले नेपालबाट पुँजी पलायन गर्नमा ठूलो सहयोग मिलेको भनेर आरोप पनि खेप्नु पर्यो । यही कारण पनि राष्ट्र बैंकले उक्त नीति फिर्ता लिएको हुनसक्ने जानकार बताउँछन् ।

विगतमा केही ठूला कर्पोरेटले नेपालबाट दुबईसहितका विदेशी बजारमा ठूलो मात्रामा पुँजी पलायन गरिरहेको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो । राष्ट्र बैंकले पनि यसबारे आन्तरिक अध्ययन गरेको स्रोतको दाबी छ । तर केन्द्रिय बैंकले यस खाले विवरणहरु औपचारिक रुपमा बाहिर ल्याएको छैन ।


प्रतिक्रिया दिनुहोस्