सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन (बुधबार)छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक लाख १२ हजार दुई सय रुपैयाँ कायम रहेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।