घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । मंगलबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले सस्तिएको हो ।

अघिल्लो दिन अर्थात् सोमबार १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ भने १ लाख १७ हजार ४५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदी भने अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्