प्रणय दिवसमा सुन किन्नेलाई फाइदा: ह्वात्तै सस्तियो भाउ, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

प्रणय दिवसमा सुन किन्नेलाई फाइदा: ह्वात्तै सस्तियो भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधवार सुनको मूल्यमा भारी गिरावट आएको छ । एकैदिन छापावाला सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले सस्तिएको हो ।

अघिल्लो दिन अर्थात् मंगलबार १ लाख १७ हजार ७०० रुपैयाँमा किनबेच भएको सुन आज भने ह्वात्तै घटेको हो । आजका लागि छापावाला सुनको भाउ १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि सस्तिएको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्