बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ। शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात् बिहीबार १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने १ लाख १६ हजार ८०० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ । बिहीबार भने १ हजार ३७५ रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्