घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार सुनको भाउ घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्यमा आज गिरावट आएको हो ।साताको पाँचौ कारोबार दिनका लागि छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार भने १ लाख १८ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेको हो । आजका लागि भने १ हजार ४०० रुपैयाँ कायम भएको छ।