नेपाल, नामिबिया र नेदरल्याण्डको टी २० सिरिज एक्सन स्पोर्टसमा « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

नेपाल, नामिबिया र नेदरल्याण्डको टी २० सिरिज एक्सन स्पोर्टसमा



काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबार देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज हुँदै छ ।

नेपाल, नामेविया र नेदरल्याण्ड सहभागी उक्त टी २० सिरिजको डिसहोमको एक्सन स्पोर्टस एचडीवान बाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गर्दै आएको डिसहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रशारण गर्ने सोमबार जानकारी गराएको हो ।

एक्सन स्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

टी २० सिरिज अन्तर्गत आज मंगलबार नेपालले नामिबियासँग खेल्ने छ भने भोली नेदरल्याण्ड्ससँग खेल्ने छ । यसैगरी पर्सी नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्नेछन् । त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुने छ ।

तीन मध्ये शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल विहान साढे ११ बजेदेखि सुरुहुने छन् ।


प्रतिक्रिया दिनुहोस्