सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
बुधवार १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज भने बढेर १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त दिन चाँदीको मुल्य भने स्थिर छ । अघिल्लो दिन तोलामा १ हजार ३७५ रुपैयाँमा काराबो भएको थियो । आज पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।