सुनको मूल्यले बनायो कीर्तिमानी उचाई « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

सुनको मूल्यले बनायो कीर्तिमानी उचाई



काठमाडौं । सुनको मूल्य कीर्तिमानी उचाईमा पुगेको छ । मंगलबार एकैदिन २ हजार रुपैयाँले वृद्धि भई १ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने छापावाला सुनको भाउ बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो । अन्तर्राष्ट्रिष्य बजारमा नै सुनको भाउ वृद्धि भएपछि नेपालीमा पनि बढेको हो ।

यस्तै, आजका लागि तेजावी सुनको भाउ भने १ लाख २२ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामै ३५ रुपैयाँले वृद्धि भई १ हजार ४४५ रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्