निगमले घटायो पेट्रोल र डिजेलको भाउ, प्रतिलिटर कति सस्तियो ? « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

निगमले घटायो पेट्रोल र डिजेलको भाउ, प्रतिलिटर कति सस्तियो ?



काठमाडौं । पेट्रोलियम पदार्थको भाउ सस्तिएको छ । नेपाल आयल निगमले आजै राती १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो ।

यसअघि कायम पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ २ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त मूल्य सूची अनुसार नेपाल नयाँ भाउ तोकिएको निगमले जनाएको छ ।

आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ २२ पैसा र डिजेलमा २ रुपैयाँ ०६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । पेट्रोल तथा डिजेलको भाउ घटाए पनि खाना पकाउने ग्यासको भाउ भने यथावत नै छ ।


प्रतिक्रिया दिनुहोस्