कर्मचारी सञ्चय कोषले भन्यो,’धितोमा आधारित कर्जाको नियमित किस्ता तिर्नु’ « Arthapath.com
२७ चैत्र २०८०, मंगलवार

कर्मचारी सञ्चय कोषले भन्यो,’धितोमा आधारित कर्जाको नियमित किस्ता तिर्नु’



काठमाडौं । किस्ता नियमित नतिर्न सञ्चयकर्तालाई कर्मचारी सञ्चय कोषले कारवाही गर्ने भएको छ । धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई कर्जाको किस्ता नियमति तिर्न कोषले आग्रह गरेको छ ।

विभिन्न शाखा र मितिमा लिएको कर्जाको किस्ता नियमित तिर्न एक सार्वजनिक सूचना मार्फत कोषमा आग्रह गरेको छ । तर, कर्जा नियमित नतिरेमा कर्मचारी सञ्चय कोष, सञ्चयकर्ता कर्जा असुली विनियम, २०७९ बमोजिम प्रक्रिया अगाडि बढाइने पनि कोषले जनाएको छ ।

कोषले लगनखेललगायतका अन्य शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा सापटी जस्ता कर्जा लिएका ऋणीले कोषलाई बुझाउनुपर्ने किस्ता बापतको रकम तिर्न भनेको हो । सो बापतको रकम यही चैत मसान्तसम्म तिर्नुपर्ने छ । नियमित त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने ऋणीलाई कोषको नियमानुसार ब्याज छुट समेत दिने कोषले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्