आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । आज अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण कायम भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर खरिददर भने १३३ रुपैयाँ ६७ पैसा कायम भएको छ।
आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ १५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५ पैसा तोकिएको छ ।
सोमबारका लागि कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७० पैसा र बिक्रीदर २८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।