बढ्याे प्रेट्राेल र डिजेलकाे मूल्य, यस्ताे छ नयाँ मूल्य सूची « Arthapath.com
२८ असार २०८२, शनिबार

बढ्याे प्रेट्राेल र डिजेलकाे मूल्य, यस्ताे छ नयाँ मूल्य सूची



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । सोमबारदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढाएको हाे ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

नयाँ मूल्य अनुसार पहिलो वर्ग चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्ग सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछभने डिजेल-मट्टीतेलको प्रतिलिटर १४४ रूपैयाँ पर्नेछ।

र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ।


प्रतिक्रिया दिनुहोस्