थप महँगियो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ? « Arthapath.com
४ असार २०८२, बुधबार

थप महँगियो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं । सुनको भाउ थप महँगिएको छ । आज छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लागि सुनको भाउ १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार भने १ लाख ९५ हजार रुपैयाँमा किनबेच भएका थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेको छ । मंगलबार २ हजार १६० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने २ हजार २२५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्