बढ्यो सुनचाँदीको भाउ « Arthapath.com
८ असार २०८२, आईतबार

बढ्यो सुनचाँदीको भाउ



काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो ।

साताको पहिलो कारोबार दिन सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिन अर्थात् गत शुक्रबार भने १ लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला १० रुपैयाँ बढेर चाँदीको भाउ २ हजार १६० रुपैयाँ कायम भएको छ । शुक्रबार भने १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्