सुनको मूल्य ताेलामा २५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढ्ने क्रमले निरन्तरता पाएकाे छ। यस साता आइतबार र साेमबार समान ताेलामा ५ हजार ६०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि ताेलामा २५०० रूपैयाँ बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
छापावाल सुन गत आइतबार प्रतिताेला ३ लाख २६ हजार ५०० रूपैयाँ र साेमबार प्रतिताेला ३ लाख २६ हजार १०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यता आज चाँदीकाे मूल्य भने घटेकाे छ। साेमबारकाे तुलनामा चाँदी २०५ रूपैयाँले घटेर प्रतिताेला ५ हजार ८१५ रुपैयाँमा झरेकाे छ। साेमबार चाँदी प्रतिताेला ६ हजार २० रूपैयाँमा काराेबार भएकाे थियाे ।














