प्रतिताेलला १२ सय रूपैयाँले बढ्यो सुनकाे भाउ, चाँदीको कति ? « Arthapath.com
३१ जेष्ठ २०८३, आइतबार

प्रतिताेलला १२ सय रूपैयाँले बढ्यो सुनकाे भाउ, चाँदीको कति ?



काठमाडाैं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ। अघिल्लाे काराेबार दिन शुक्रबार ५ हजार ३०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज पनि ताेलामा १ हजार २०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीकाे भाउ पनि ताेलामा ५५ रूपैयाँले बढेको छ। यससँगै आज चाँदी ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ। अघिल्लाे काराेबार दिन चाँदी तोलाको ४ हजार ६ सय ४० रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया दिनुहोस्