लगातार तेस्रो दिन पनि घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१७ असार २०८३, बुधबार

लगातार तेस्रो दिन पनि घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार लगातार तेस्राे दिन सुनचाँदीाकाे भाउ घटेकाे छ। हिजाे एकैदिन ४ हजार ५०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज ताेलामा ६०० रूपैयाँ घटेकाे हाे ।

गत साेमबार सुन प्रतिताेला १४ सय रूपैयाँले घटेर २ लाख ८२ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ ताेलाकाे २ लाख ७७ हजार ३०० रूपैयाँ ताेकिएकाे छ।

हिजाे छापावाल सुन प्रतिताेला २ लाख ७७ हजार ९०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेर ताेलाकाे ४ हजार २७० रूपैयाँ निर्धारण भएकाे छ। हिजाे चाँदी प्रतिताेला २५ रूपैयाँ घटेर ४ हजार २८५ रूपैयाँमा काराेबार भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्